नियम ३९
व्यक्तिगत रुपमा जवाफदेही हुने
अनुमतिपत्र बहाल नरहेको सेवा प्रदायकको सञ्चालक समितिको सदस्य वा पदाधिकारी, प्रबन्ध सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कर्मचारीको बदनियत, हेलचेक्य्राई, लापरबाही वा अन्य कुनै कारणले नेपाल सरकारको स्वामित्व कायम हुने खुद सम्पत्तिमा (नेटवर्थ) हानिनोक्सानी भएको देखिएमा त्यस्तो सञ्चालक समितिको सदस्य वा पदाधिकारी, प्रबन्ध सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कर्मचारी व्यक्तिगत रुपमा जवाफदेही हुनेछ र त्यस्तो हानिनोक्सानी भएको सम्पत्तिको विगो वा सो बापतको क्षतिपूर्ति ऐनको दफा ४७ को उपदफा (१) बमोजिम निजबाट असूल उपर गरिनेछ ।